राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
3 दिन पहिले प्रकाशित
काठमाडौं, पुष २४ गते । काठमाडौंमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
भेटका क्रममा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्ती कार्यक्रममा सहभागी हुन निम्तो दिएका छन्। राप्रपाले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments