शंखरापुरमा बस दुर्घटना: ४ जनाको मृत्यु, २३ जना घाइते
7 दिन पहिले प्रकाशित
काठमाडौं, पुष २४ गते । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा गएराति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुर्घटनामा परेर ४ जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–५ की कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ की इन्दिरा लिम्बु, सिराहकी शान्ती गुप्ता र पाँचथरका देबेन्द्र लिम्बु रहेका छन्। उनीहरूको शंखरापुर अस्पताल, स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी र एनएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नेचर हाउस एन्ड हर्ब इन्टरनेसनल कम्पनीबाट पिकनिक सकेर फर्किँदै गरेको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो भने घाइतेहरूको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments