राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल, नेकपा बाहिरियो

2 महीना पहिले प्रकाशित

काठमाडौं, पुष २३ गते । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तिम समयमा तालमेलबाट बाहिरिएपछि तीन दलले कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिट भाग लगाउने सहमति गरेका छन्। मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ। जसपाबाट मधेश प्रदेशमा वरिष्ठ नेता महन्थ ठाकुर उम्मेदवार बन्ने निश्चित भएको छ।

नेपाली कांग्रेसका उम्मेदवारहरू :

  • कोशी प्रदेश : सुनील बहादुर थापा
  • मधेश प्रदेश : धमेन्द्र पासवान, रञ्जित कर्ण
  • बागमती प्रदेश : गीता देवकोटा
  • गण्डकी प्रदेश : जगत तिमिल्सिना
  • लुम्बिनी प्रदेश : बासुदेव जंगली, चन्द्रबहादुर केसी
  • कर्णाली प्रदेश : ललितजंग शाही
  • सुदूरपश्चिम प्रदेश : खम्मबहादुर खाती

नेकपा (एमाले) का उम्मेदवारहरू :

  • कोशी प्रदेश : रोशनी मेचे, सोमनाथ पोर्तेल
  • मधेश प्रदेश : रेखा झा
  • बागमती प्रदेश : प्रेम दंगाल
  • गण्डकी प्रदेश : सम्झना देवकोटा
  • लुम्बिनी प्रदेश : रामकुमारी झाक्री
  • कर्णाली प्रदेश : मीना रखाल
  • सुदूरपश्चिम प्रदेश : लीला भण्डारी

यो तालमेलले १८ रिक्त सिटमध्ये अधिकांशमा गठबन्धनका उम्मेदवार निर्विरोध हुने सम्भावना बढाएको छ। नेकपा बाहिरिएपछि उसले एकल रूपमा उम्मेदवारी दिने तयारी गरेको छ। निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरू मतदाता हुन्छन्। यो निर्वाचनले राष्ट्रिय सभाको संरचनामा नयाँ सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?