महासेठको आरोप: सरकारले चुनाव गराउन इच्छुक छैन, राजनीतिक घटनाक्रममाथि गम्भीर प्रश्न
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २० गते । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार चुनाव गराउन इच्छुक नरहेको दाबी गरेका छन्। आइतबार जनकपुरधामस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार नैतिकताविपरीत ढंगले चलिरहेको आरोप लगाए। सरकारमै बसेर खुला रूपमा गठबन्धन, सिट बाँडफाँट र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल भइरहेकाले यस्तो अवस्थामा निष्पक्ष निर्वाचन सम्भव नहुने उनको भनाइ थियो। राजनीति गर्नुछ भने सरकारबाट राजीनामा दिनुपर्ने, नभए प्रधानमन्त्रीले त्यस्ता व्यक्तिलाई बर्खास्त गर्नुपर्ने महासेठको तर्क छ।
महासेठले जेनजी आन्दोलनका क्रममा एमालेका १५८ घरमा आगजनी भएको र ती घटनामा प्रतिस्पर्धी दल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाए। नख्खुस्थित जेल ब्रेक घटनामा समेत उनीहरूको संलग्नता रहेको दाबी गर्दै उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको व्यवहारलाई गैरजिम्मेवार भने। आफ्नो घरमा भएको आगजनी जानीजानी गरिएको दाबी गर्दै उनले आफूले भ्रष्टाचार गरेर घर नबनाएको स्पष्ट पारे र ‘एमालेका नेता धनी हुनु गलत हो ?’ भन्दै प्रश्न उठाए।
कमेन्ट गर्नुहोस्
view comments