उत्तराखंड मंत्री रेखा आर्यका पति गिरधारी लाल साहूको विवादित बयान : बिहारकी महिलालाई २०-२५ हजारमा किन्न सकिने !

6 दिन पहिले प्रकाशित

एजेन्सी, पुष १८ गते । उत्तराखंडकी महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्यका पति गिरधारी लाल साहूको एक विवादित भिडियो भाइरल भएपछि बिहार तथा उत्तराखंडको राजनीतिमा हलचल मच्चिएको छ। अल्मोड़ा जिल्लाको सोमेश्वर क्षेत्रमा आयोजित एक कार्यक्रममा साहूले युवा कार्यकर्तालाई सम्बोधन गर्दै भनेका छन्, "बिहारमा २०-२५ हजारमा लड़की मिल जाती है, कुंवारोंके लागि बिहारबाट लड़की ल्याएर तिम्रो बिहे गराइदिन्छौं।" यो भिडियो डिसेम्बर २०२५ को अन्त्यतिरको कार्यक्रमको हो र सोसल मिडियामा तीव्र रूपमा फैलिएको छ।

Rekha Arya Husband Controversy : Rekha Arya के पति Girdhari lal sahu का  विवादित बयान | Bihar Girls |
यो बयानले बिहारका सबै दलहरूले तीव्र विरोध गरेका छन्। बिहार भाजपाका प्रवक्ता प्रभाकर मिश्राले यसलाई बिहार तथा सम्पूर्ण महिलाको अपमान बताउँदै सख्त कारबाहीको माग गरेका छन्। राजद प्रवक्ता शक्ति यादव तथा मृत्युञ्जय तिवारीले भाजपालाई माफी माग्न र कारबाही गर्न आग्रह गरेका छन्। जदयूका अभिषेक झाले महिलाप्रतिको यस्तो बयानको कडा निन्दा गरेका छन् भने कांग्रेसले पनि भाजपा-आरएसएसको मानसिकतामाथि प्रश्न उठाएको छ। उत्तराखंडमा महिला कांग्रेसले प्रदर्शन गरेको छ।
 

गिरधारी लाल साहूले सफाई दिँदै भनेका छन् कि उनको जिब्रो फिस्लिएको हो, उनी हरेक वर्ष बरेलीमा १०१ कन्याको बिहे गराउँछन् र महिलाको देवीको रूपमा सम्मान गर्छन्। यदि कसैलाई चोट पुगेको छ भने हात जोडेर माफी माग्छन्। उनले विरोधी दलहरूले राजनीतिक लाभका लागि बयान तोडमोड गरेको आरोप लगाएका छन्। यसअघि पनि साहू डबल मर्डर केस, किडनी ट्रान्सप्लान्ट विवादजस्ता मुद्दामा जोडिएका थिए। यो घटनाले महिला सशक्तिकरण मन्त्रीकी पत्नीको भूमिकामाथि पनि प्रश्न उठेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?