मधेश सरकारमा थप ६ मन्त्री नियुक्त : मन्त्रिपरिषद्ले पायो पूर्णता
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष १६ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८२ पुस १६ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ। यो पुनर्गठनसँगै १२ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन भएको छ। यसअघि नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद यादव हालै मात्र मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथग्रहण समेत गर्नुभएको छ।
नयाँ मन्त्रिपरिषद्को कार्यविभाजन यस प्रकार छ :
१. मुख्यमन्त्री कृष्ण प्रसाद यादव - मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २. महेश प्रसाद यादव - अर्थ मन्त्रालय ३. जंगीलाल राय - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ४. जवाहर लाल कुशवाहा - ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय ५. रानी कुमारी तिवारी - शिक्षा तथा संस्कृति मन्त्रालय ६. कनिश पटेल - उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय ७. मनिष कुमार सुमन - श्रम तथा यातायात मन्त्रालय ८. राज कुमार गुप्ता - भौतिक पूर्वाधार विकास मन्त्रालय ९. शंकर प्रसाद चौधरी - वन तथा वातावरण मन्त्रालय १०. श्याम प्रसाद पटेल - भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ११. बसन्त कुमार कुशवाहा - खेलकुद तथा समाज कल्याण मन्त्रालय १२. फकिरा महतो - गृह, सञ्चार तथा कानून मन्त्रालय
यो पुनर्गठनले मधेश प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। प्रदेश प्रमुखको कार्यालय जनकपुरधामबाट जारी विज्ञप्तिमा यो जानकारी सार्वजनिक गरिएको हो। नयाँ मन्त्रिपरिषद्ले प्रदेशको विकास र जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments