बख्तियारपुर रेलवे स्टेशनको नाम परिवर्तन विवाद: नालन्दाको इतिहास र राजनीति
2 दिन पहिले प्रकाशित
एजेन्सी, पुष १४ गते । भारतको बिहार राज्यमा रहेको बख्तियारपुर रेलवे स्टेशनको नाम परिवर्तन गर्ने माग पुनः चर्चामा आएको छ। कांग्रेस सांसद शशि थरूरले नालन्दा विश्वविद्यालयको नयाँ आधुनिक क्याम्पसको भ्रमणपछि यस ऐतिहासिक विश्वविद्यालयको प्रशंसा गरेपछि यो विषय फेरि तातिएको हो। सन् २००५ मा बिहारका तत्कालीन राज्यपाल बुटा सिंहले बख्तियारपुर स्टेशनको नाम 'शीलभद्र याजी नगर' राख्ने प्रस्ताव रेल मन्त्रालयमा पठाएका थिए। तत्कालीन रेल मन्त्री लालू प्रसाद यादवले सन् २००६ मा यो प्रस्ताव गृह मन्त्रालयमा पठाएका थिए, तर बिहार सरकारले आवश्यक थप जानकारी उपलब्ध नगराएपछि यो प्रस्ताव अलपत्र परेको थियो।
यो विवादको मूल कारण १२ औं शताब्दीको इतिहाससँग जोडिएको छ। सन् ११९९ मा तुर्क सेनापति बख्तियार खिलजीले नालन्दा विश्वविद्यालयमा आक्रमण गरी भयानक नरसंहार गरेका थिए। उनले विश्वविद्यालयका भवनहरू ध्वस्त पारे र ९० हजार दुर्लभ पुस्तक तथा पाण्डुलिपि भएको तीन तलाको पुस्तकालयमा आगो लगाएका थिए। किंवदन्ती अनुसार खिलजीले आफूलाई उपचार गरेर नयाँ जीवन दिने महान चिकित्सक शीलभद्रको हत्या समेत गरेका थिए। यसैले यस्तो बर्बर आक्रमणकारीको नाममा रेलवे स्टेशन राख्नु हुँदैन भन्ने माग उठ्दै आएको छ। तर बिहारका मुख्यमन्त्री नीतीश कुमारले सन् २०२१ मा यो माग अस्वीकार गर्दै "यो व्यर्थको कुरा हो, बख्तियारपुरमा मेरो जन्म भएको छ, यसको नाम किन बदल्ने?" भनी प्रतिक्रिया दिएका थिए।
कमेन्ट गर्नुहोस्
view comments