मेक्सिकोमा रेल दुर्घटना: १३ जनाको मृत्यु, १०० घाइते

17 दिन पहिले प्रकाशित

एजेन्सी, पुष १४ गते ।  मेक्सिकोमा भएको रेल दुर्घटनामा परी कम्तीमा १३ जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन्। मेक्सिकोको राजधानीबाट करिब ६०० किलोमिटर दक्षिणमा रहेको ओआक्साका राज्यको असुनसियोन इक्स्टाल्टेपेक क्षेत्रमा यो दुर्घटना भएको बीबीसीले जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको समयमा रेलमा २४१ यात्रु र ९ जना रेल चालकदलका सदस्य सवार रहेका थिए। सीएनएनले घाइतेमध्ये ३६ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको र अन्यलाई सामान्य चोटपटक मात्रै लागेको उल्लेख गरेको छ। दुर्घटनाको कारणबारे भने अझै खुलिसकेको छैन। यो रेल सेवा दक्षिणी मेक्सिकोमा रेल यात्रालाई प्रोत्साहन गर्न हालै सञ्चालनमा ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?