बालेन शाहले २ हप्ताभित्र महानगर प्रमुखबाट राजीनामा दिने

2 दिन पहिले प्रकाशित

काठमाडौं, पुष १४ गते ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी २ हप्ताभित्र महानगर प्रमुखको पदबाट राजीनामा दिने भएका छन्। फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने पक्का भएपछि उनले पद त्याग्ने तयारी गरेका हुन्।

निर्वाचन आयोगको नियमअनुसार प्रतिनिधि सभा उम्मेदवार बन्नका लागि बालेनले माघ ६ गतेभित्र महानगर प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ। काठमाडौं महानगरपालिकामा उनको कार्यकाल अझै १६ महिना बाँकी भए पनि राजनीतिक महत्वाकांक्षाका लागि उनले पद त्याग्न लागेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?