रास्वपा र बालेन्द्र शाहबीच 'बृहत् एकता' सहमति : पार्टी नाम र चुनाव चिन्ह 'घण्टी' कायम, बालेन भावी प्रधानमन्त्री उम्मेदवार
19 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुष १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) बीच 'बृहत् एकता' सम्बन्धी लिखित सहमति भएको छ । पुस १३ गते काठमाडौंमा हस्ताक्षरित यो सहमतिले जेनजी आन्दोलनको बलिदानलाई स्मरण गर्दै सुशासन, समुन्नति र सामाजिक न्यायका लागि साझा अठोट व्यक्त गरेको छ ।
**सहमतिका मुख्य बुँदाहरू** :
१. जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूको मर्यादित सम्बोधन गर्ने प्रतिबद्धता ।
२. नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत अर्को दशकभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयन ।
३. एकतापछि पार्टीको नाम **राष्ट्रिय स्वतन्त्र पार्टी** नै रहने । झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारबीच निलो घण्टीको आकृति । चुनाव चिन्ह **घण्टी** र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने ।
४. पार्टी सभापति **रवि लामिछाने** रहने । आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार **बालेन्द्र शाह** हुने ।
५. पार्टीको सङ्गठनात्मक संरचनालाई सक्षम बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने ।
६. सहमतिअनुसार पार्टी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।
७. सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भई अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक शक्ति र व्यक्तिहरूलाई सहकार्यका लागि आव्हान गर्ने ।
यो सहमतिले रास्वपालाई थप मजबुत बनाउने र बालेनलाई राष्ट्रिय राजनीतिमा भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा स्थापित गर्ने देखिन्छ । जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै यो एकताले नेपाली राजनीतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
.jpg)
कमेन्ट गर्नुहोस्
view comments