रवि लामिछानेका दाइ हरिशरणले काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवारी दिने संकेत
22 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुष १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेले आउँदो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने प्रबल सम्भावना रहेको बताएका छन् ।
आइतबार बिहान फेसबुक पोस्टमार्फत हरिशरणले रवि र काठमाडौं मेयर बालेन्द्र शाहबीच भएको 'बृहत् एकता' सहमतिप्रति खुसी व्यक्त गर्दै आफ्नो चाहना सार्वजनिक गरेका हुन् । रवि र बालेन हात मिलाइरहेको फोटोसहितको पोस्टमा उनले लेखेका छन्, “दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु ।”
यो पोस्टले रास्वपा र बालेनबीचको सहमतिपछि काठमाडौं महानगरको मेयर पदमा नयाँ प्रतिस्पर्धाको सङ्केत गरेको छ । रवि-बालेन सहमतिमा पार्टी एकतापछि रवि सभापति र निर्वाचनपछि बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउने समझदारी भएको थियो । हरिशरणको यो घोषणाले परिवारभित्रै फरक धार देखाएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments