बिहारमा शीतलहर जारी, विद्यालय पुस २८ गतेसम्म बन्द

21 दिन पहिले प्रकाशित

एजेन्सी, पुष १० गते । उत्तर भारतसँगै सम्पूर्ण बिहारमा शीतलहरको प्रभाव तीव्र बनेको छ । घाम ननिस्कनु, बाक्लो कुहिरो र बर्फीला पछुवा हावाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । मौसम विभागका अनुसार ‘ला निना’ प्रभावका कारण यो चिसो फेब्रुअरीसम्म लम्बिन सक्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा भइरहेको हिमपात र चिसो हावाले दिन–रातको तापक्रम झण्डै समान भएपछि कनकनी झनै बढेको छ । अधिकांश जिल्लामा दिनभर घाम नदेखिँदा बजार, सडक र यातायात प्रभावित भएका छन् भने साँझपख चिसो अझ बढ्ने गरेको छ ।

लगातारको शीतलहरलाई मध्यनजर गर्दै सीतामढी, पटना लगायतका जिल्लामा विद्यालयको बिदा २८ डिसेम्बरसम्म थप गरिएको छ । सीतामढीका कार्यवाहक जिल्ला अधिकारी संजीव कुमारले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को दफा १६३ अनुसार प्रि–स्कुलदेखि कक्षा १२ सम्मका सबै सरकारी तथा निजी विद्यालय, आङ्गनबाडी र कोचिङ संस्थान बन्द रहने आदेश जारी गरेका छन् । यद्यपि बोर्ड तथा प्रि–बोर्ड परीक्षासम्बन्धी विशेष कक्षा सञ्चालन गर्न छुट दिइएको छ । मौसम विज्ञान केन्द्र पटना अनुसार आगामी केही दिनसम्म पछुवा हावाको प्रभाव कायमै रहनेछ । हाल न्यूनतम तापक्रम ९.७ डिग्री र अधिकतम १९.३ डिग्री सेल्सियस आसपास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?