तीन साता बित्दा पनि १७ वर्षीया अविना दनुवार हत्या प्रकरणको दोषी पहिचान हुन सकेन

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष १० गते ।  सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन नसक्दा पीडित परिवार र स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ गते कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकै झाडीमा उनको शव फेला परेको थियो । दोषी सार्वजनिक नहुँदा पीडित परिवारले न्याय नपाएको गुनासो गर्दै आएका छन् ।

मृतककी आमा दयावती दनुवारले छोरी गुमाएको पीडामाथि दोषी नसमातिँदा थप अन्याय भएको महसुस भइरहेको बताइन् । स्थानीयका अनुसार घटनाको प्रकृति गम्भीर रहेकाले तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग उठेको छ । कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले अनुसन्धानमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै शीघ्र पक्राउको माग गरे । यता जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा दोषी पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?