राहदानी विभागको राहत : अब २ दिनभित्रै नयाँ राहदानी उपलब्ध
2 दिन पहिले प्रकाशित
काठमाडौं, पुष ९ गते । राहदानी विभागले अब राहदानी आवेदकहरूलाई २ दिनभित्रै नयाँ राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ पूरा भई आपूर्ति भइसकेकाले आवश्यकता अनुसार तत्काल वितरण सुरु गरिने विभागले जनाएको छ । यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।
राहदानी पुस्तिकाको पर्याप्त आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा वैयक्तिकरण (पर्सनलाइजेसन) कार्य अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकाहरूलाई क्रमशः राहदानी उपलब्ध गराइनेछ ।
**वितरण तालिका** :
- मङ्सिर १५ गतेसम्म आवेदन दिएकाहरूलाई पुस १५ गतेसम्म राहदानी उपलब्ध ।
- त्यसपछिका आवेदकहरूलाई क्रमिक रूपमा वितरण ।
यो व्यवस्थाले लामो समयदेखि राहदानी कुर्नुपरेको समस्या समाधान हुने अपेक्षा गरिएको छ । विभागले नागरिकहरूलाई धैर्य गर्न र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments