२१ फागुनको प्रतिनिधिसभा निर्वाचन अनिश्चित, पुनस्र्थापनाको बहसले राजनीतिक माहोल कमजोर

3 दिन पहिले प्रकाशित

काठमाडौं, पुष ८ गते । आगामी २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अनिश्चित बन्दै गएको छ । निर्वाचन गरिनुपर्नेमा राजनीतिक दलहरू विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको विषयमा केन्द्रित हुँदा निर्वाचनसम्बन्धी तयारी सुस्त देखिएको हो । सरकार र निर्वाचन आयोगले समयमै आवश्यक तयारी अघि नबढाएको आरोप लागिरहेको छ भने प्रमुख दल कांग्रेस र एमालेले समेत निर्वाचनभन्दा पुनस्र्थापनालाई प्राथमिकता दिएको देखिन्छ ।

यता, सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी अभियन्ताहरू आन्दोलित बनेका छन् । जेनजी आन्दोलनको आधारमा बनेको सरकारले आफ्ना माग पूरा नगरेको र राजनीतिक दलसँग पर्याप्त संवाद नगरेको आरोप उनीहरूको छ । प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै आएको जेनजी समूहले निर्वाचनको पक्षमा उभिन नसक्ने चेतावनी दिएको छ । नागरिक समाजसमेत सरकारको विपक्षमा उभिँदै गएपछि २१ फागुनको निर्वाचनको वातावरण कमजोर बन्दै गएको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?