बालयौन दुरुपयोग र जबरजस्ती करणी मुद्दाका फरार तीन जना सप्तरीबाट पक्राउ
23 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष ८ गते । बालयौन दुरुपयोगसम्बन्धी मुद्दामा वारदातपछि फरार रहेका दुई जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका वडा नम्बर ८ भदिया घर भएका २८ वर्षीय राकेश चौधरी र ३३ वर्षीय सूर्या चौधरी रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ को मुद्दा नम्बर ६१ अन्तर्गत दर्ता बालयौन दुरुपयोग मुद्दामा उनीहरू घटनापछि फरार रहँदै आएका थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले खडक नगरपालिका–८ भदिया टोलमा पैदल हिँडिरहेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । यसै क्रममा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका खडक नगरपालिका वडा नम्बर ४ का मो. जमिललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments