नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

24 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस ७ गते । नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२६ का लागि राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित हुनुभएको छ । रामेछापका कार्कीले ५१२ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका प्रतिस्पर्धीहरू :

  • विजय गुरुङ : ४६२ मत
  • रश्मि शिल्पकार : १४७ मत
  • राजाराम गौतम : ८३ मत

शुक्रबारदेखि जनकपुरधाममा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार अबेरसम्म मतदान भएको थियो । सोमबार महाधिवेशन सम्पन्न भएको छ । यो निर्वाचनले नेपाल जेसीजको युवा नेतृत्व विकास र सामाजिक क्रियाकलापमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?