पश्चिमी वायु सक्रिय, तत्काल वर्षाको सम्भावना छैन
24 दिन पहिले प्रकाशित
काठमाडौं, पुस ७ गते । पश्चिमी वायुले आकाशमा बादल देखिए पनि तत्काल वर्षाको सम्भावना नरहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। उनका अनुसार पछिल्लो समय भित्रिएको पश्चिमी वायुले वर्षा गराउन नसके पनि तराई क्षेत्रमा लागेको हुस्सु हटाउन भने मद्दत पुगेको छ।
मौसमविद् पोखरेलका अनुसार यो हप्ता देशभर वर्षाको सम्भावना छैन। तर, अर्को हप्ता हिमाली भेगमा भने हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। पश्चिमी वायुका कारण मौसममा केही परिवर्तन देखिए पनि ठूला असर पर्ने अवस्था नरहेको उनले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments