सप्तरीको राजगढमा घुरबाट आगो सल्केर ७० वर्षीया वृद्धा गम्भीर घाइते

24 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस ७ गते । सप्तरीको राजगढ गाउँपालिका–४ की ७० वर्षीया उमदा देवी मण्डल घुरबाट आगो सल्केर गम्भीर घाइते हुनुभएको छ । गाईगोठमा लगाएको घुरबाट आगो सल्किएर साडीमा लाग्दा उहाँको कम्मरभन्दा मुनिको भागको ५० प्रतिशत जलेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर पुरीका अनुसार घाइते मण्डललाई प्रारम्भिक उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा थप उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ । उहाँको अवस्था गम्भीर रहेको बताइएको छ ।

जाडोयाममा घुर तथा आगो ताप्ने क्रममा यस्ता दुर्घटना बढ्ने गरेका छन् । प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?