यस वर्षको मकेश्वर बाबु पुरस्कार मरणोपरान्त स्व. डा. जयबल्लभ दासलाई
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस ७ गते । विकास पुरुष मकेश्वर बाबु समाजिक प्रतिष्ठानले यस वर्ष (२०८२) को मकेश्वर बाबु उत्कृष्ट समाजसेवा पुरस्कार मरणोपरान्त स्व. डा. जयबल्लभ दासलाई प्रदान गरेको छ । जनकपुरको सगुन ग्यालेक्सी होटलमा आइतबार स्व. मकेश्वर प्रसाद सिंहको १५औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो ।
स्व. डा. दासले मधेश क्षेत्रमा स्वास्थ्य सेवाको उत्थानका लागि पु¥याएको योगदानको कदर गर्दै यो सम्मान दिइएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारस्वरूप ७ हजार ५ सय नगद र प्रशंसा-पत्र स्व. डा. दासका छोरा ज्योतिषचन्द्र दासलाई हस्तान्तरण गरिएको छ । स्व. डा. दासका परिवारजनले यो सम्मानप्रति खुसी व्यक्त गरेका छन् ।
यो वर्ष स्व. मकेश्वर बाबुको शताब्दी वर्ष पनि परेकाले उहाँको परिवारबाट ब्राह्मणहरूलाई १ हजार १ सय नगद प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रितेश सिंह, वरिष्ठ समाजसेवी अमरचन्द्र अनिल, शिक्षा विद प्रा. मनोरञ्जन दत्त, समाजसेवी सञ्जय सिंह, असगर अलीलगायतले स्व. मकेश्वर बाबुको योगदानबारे मन्तव्य राख्नुभएको थियो । यो पुरस्कारले मधेशमा समाजसेवा र स्वास्थ्य क्षेत्रका योगदानलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments