मधेश प्रदेश सभामुख निर्वाचन : दुई जनाको उम्मेदवारी दर्ता, आज मतदान

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस ६ गते । मधेश प्रदेशसभामा रिक्त सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार पुस ६ गते (आइतबार) हुने निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता भएको हो ।

जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवलाई नेपाली कांग्रेससहित सात दलको समर्थन छ । उनको प्रस्तावक नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंह र समर्थक नेकपा (माओवादी केन्द्र) का फकिरा महतो छन् । यसैगरी, नेकपा (एमाले) का प्रदेशसभा सदस्य त्रिलोकी प्रसादको प्रस्तावक एमालेकै शारदा देवी थापा र समर्थक जयचन्द्र प्रसाद पटेल छन् ।

प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सभामुख निर्वाचन प्रक्रिया अघि बढ्नेछ । यो निर्वाचनले प्रदेशसभाको नेतृत्व पूर्णता पाउने र सदनको कामकारबाही नियमित हुने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?