नेपाल जेसीजको ५२औँ राष्ट्रिय सम्मेलन जनकपुरधाममा आजदेखि सुरु
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष ४ गते । नेपाल जेसीजको ५२औँ राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । तिरहुतिया गाछी मैदानमा पुस ७ गतेसम्म चल्ने यो सम्मेलनको औपचारिक उद्घाटन आज दिउँसो जापान जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमार्फत नेपाल जेसीजको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका १७४ शाखाबाट करिब ५ हजार प्रतिनिधि सहभागी हुने नेपाल जेसीजकी अध्यक्ष रजनी थापाले जानकारी दिनुभयो । सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले सबै तयारी पूरा भएको जनाएको छ । आज उद्घाटनपछि भोलिदेखि तीन दिनसम्म रचनात्मक गतिविधि तथा नेतृत्व विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुने अध्यक्ष थापाले बताउनुभयो ।
यो सम्मेलनले युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments