बिहारमा चिसोको प्रकोप बढ्दै, सीतामढीसहित २७ जिल्लामा शीतलहर र कुहिरोको

27 दिन पहिले प्रकाशित

एजेन्सी, पुष ४ गते ।  बिहारमा दिसेम्बर महिनामै जाडोले कडा रूप लिएको छ । गत वर्षको तुलनामा यसपटक बढी चिसो हुने अनुमान गरिएको छ । बिहार मौसम विज्ञान केन्द्रका अनुसार आगामी ४८ घण्टा २७ जिल्लामा शीतलहरको प्रकोप बढ्ने र घना कुहिरो छाउने पूर्वानुमान गरिएको छ । सीतामढीसहितका जिल्लामा कुहिरोको मार बढी पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । न्यूनतम तापक्रम १२–१७ डिग्री सेल्सियसबीच रहने अनुमान छ । पछुवा हावाको प्रभावले शीतलहर बढ्ने सम्भावना छ भने १९ डिसेम्बरमा घना कुहिरो रहने पूर्वानुमान छ ।

सीतामढी, पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगंज, शिवहर, सिवान, मुजफ्फरपुर, वैशाली, समस्तीपुर, बक्सर, भोजपुर, पटना, नालन्दा, अरवल, रोहतास, कैमुर (भभुआ), औरंगाबाद, गया, जहानाबाद, नवादा, शेखपुरा, दरभङ्गा, बेगूसराय, मधुबनी ।

सीतामढी जिल्ला प्रशासनले शीतलहरबाट बच्न विभिन्न उपाय अपनाएको छ । सबै अञ्चलका सीओ र नगर निकायलाई आवश्यकताअनुसार अलाव जलाउन निर्देशन दिइएको छ । पुराना नगर पञ्चायत कार्यालय, बैरगनिया, मस्जिद रोड रजिस्ट्री अफिस पछाडि बेलसन्ड, जनकपुर रोड वार्ड–१७, पुपरी र नगर निगम कार्यालयमा चार आश्रय स्थल सञ्चालनमा छन्, जहाँ जो कोही निःशुल्क आश्रय लिन सक्छन् । सिभिल सर्जनलाई स्वास्थ्य व्यवस्था मजबुत बनाउन निर्देश दिइएको छ भने गरिबहरूलाई कम्बल वितरण तीव्र पारिएको छ ।

- गर्म कपडा लगाएर मात्र घरबाहिर निस्कने
- गर्म पेय पदार्थ सेवन गर्ने
- उच्च रक्तचाप, मधुमेह, मुटु रोगी र बालबालिकाले विशेष सतर्कता अपनाउने
- घना कुहिरोमा सवारी चलाउँदा नियम पालना गरी सुरक्षित गति कायम राख्ने
- आपत्कालमा जिल्ला आपदा नियन्त्रण कक्ष (०६२२६-२५०३१६) मा सम्पर्क गर्ने

यो चिसोले स्वास्थ्य र यातायातमा गम्भीर असर पर्न सक्ने भएकाले सबैलाई सतर्क रहन प्रशासनको आग्रह छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?