सप्तरीको रुपनीमा ट्याङ्करको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष ४ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ विरेन्द्र बजारमा बिहीबार इन्धन बोकेको ट्याङ्करले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विनोद मेहताका ४ वर्षीय छोरा सचिन मेहता रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७ नम्बरको ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका सचिनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । घाइते बालकलाई प्रारम्भिक उपचारका लागि युनिक अस्पताल रायपुर लगिएकोमा थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृतक बालकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ । ठक्कर दिने ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी पुरीले बताउनुभयो । यो दुर्घटनाले स्थानीयमा शोक छाएको छ । राजमार्गमा तीव्र गति र लापरबाहीका कारण यस्ता घटना बढ्दै गएकामा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments