मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष ४ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) अपराह्न ४ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले यसका लागि बैठक बोलाइसकेको र सांसदहरूलाई उपस्थितिका लागि जानकारी गराइसकेको जनाएको छ । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाउन बुधबार नै सचिवालयलाई पत्र लेखेका थिए ।

नेपाली कांग्रेसका संसदीय दलका नेता यादव मङ्सिर १९ गते सात दलीय गठबन्धनका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नेपालको संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्तारुढ गठबन्धनमा पर्याप्त बहुमत रहेकाले विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री यादवलाई सहज हुने अपेक्षा गरिएको छ । यो प्रक्रियाले मधेश प्रदेशमा नयाँ सरकारको स्थायित्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?