श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुष २ गते । श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई पदबाट निलम्बन गरेको छ। पार्टीको केन्द्रीय कार्य समिति, काठमाडौँले जारी गरेको सूचनाअनुसार तामाङलाई राजनीतिक गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि २०८२ मंसिर ९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।
सरकारी अनुसन्धानमा कुनै किसिमको दबाब वा प्रभाव नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम निष्कर्ष नआएसम्मका लागि उनलाई पार्टी उपाध्यक्ष पदबाट निलम्बन गरिएको पार्टीले जनाएको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत उक्त निर्णयबारे सबैलाई जानकारी गराइएको छ।
कमेन्ट गर्नुहोस्
view comments