सप्तरीको सप्तकोशी नगरपालिकामा पुरुष मृत फेला

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष २ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। नगरपालिकाको वडा नम्बर १ फत्तेपुर घर भएका ५० वर्षीय रविराज नेपाली मङ्गलबार मृत अवस्थामा भेटिनु भएको हो। उहाँ बिहान करिब ११ बजे घरबाट करिब दुई किलोमिटर टाढा रहेको खेतमा काम गर्न जान्छु भन्दै निस्कनु भएको थियो।

बेलुकासम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा स्थानीय भीम खतिवडाको वडा नम्बर २ टेङग्रास्थित खेतको आलीमा मङ्गलबार साँझ करिब ५ः३० बजे रविराज मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?