सप्तरीमा बसभित्रै सहचालकको मृत्यु, अस्पताल ले जाँदा चिकित्सकले गरे मृत घोषणा
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष १ गते । सप्तरीको राजविराजमा बसभित्रै एक सहचालकको मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ का ५५ वर्षीय विश्वनाथ प्रसाद देव प्र.१–०२–००२ ख ०६५९ नम्बरको बसमा मृत भेटिएका हुन् । उनी सोही बसका सहचालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजविराजबाट बुटवल-भैरहवा चल्ने उक्त बस टायर मर्मतका लागि राजविराज–८ स्थित सिन्हा ग्यारेज पुगेको थियो । सोमबार साँझ देवलाई बसको अगाडिको ढोका छेउमा अचेत अवस्थामा भेटिएको सप्तरी प्रहरी प्रवक्ता तथा डीएसपी डम्बरबहादुर पुरीले बताउनुभयो । अचेत अवस्थामा भेटिएका उनलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले जानकारी दिनुभयो । प्रारम्भिक अनुमानमा स्वास्थ्य समस्या वा अन्य कारणले मृत्यु भएको हुन सक्ने बताइएको छ । यो घटनाले परिवारमा शोक छाएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments