नेपाली कांग्रेसले बारा–३ बाट शेरबहादुर देउवाको नाम सिफारिस, १० जनाको सूची केन्द्रमा

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २९ गते । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति प्रभात चौरसियाका अनुसार प्रत्यक्षतर्फ देउवासहित १० जनाको नाम केन्द्रमा पठाइएको छ ।

सिफारिस गरिएका अन्य उम्मेदवारहरू :
- केन्द्रीय सदस्य एवं निवर्तमान सांसद फर्मुल्लाह मन्सुर
- जिल्ला सचिव मनोज भट्ट
- परवेज अन्सारी
- भोजराज भट्टराई
- बजरङ्गी साह
- जङ्गबहादुर चौरसिया
- प्रकाश रिजाल
- रविकरण साह
- अम्बिका ठाकुर

निर्वाचन मिति नजिकिँदै गर्दा बारामा राजनीतिक दलहरू उम्मेदवार छनोट र सिफारिसमा सक्रिय भएका छन् । कांग्रेसको यो सिफारिसले देउवाले पुरानै क्षेत्रबाट चुनाव लड्ने सम्भावना बलियो बनाएको छ । यसअघि पनि देउवा डडेल्धुराबाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने चर्चा चल्ने गरेको थियो । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?