सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुई वर्षीय बालकको डुबेर मृत्यु
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २९ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। नगरपालिका–१ कविलासा निवासी दिपेन चौधरीका दुई वर्षीय छोरा रियान्स चौधरी आइतबार आफ्नै घर पछाडि कलको पानी जम्मा भएको खाल्टोमा डुबी घाइते भएका थिए।
घाइते अवस्थामा उनलाई उपचारका लागि युके मेमोरियल अस्पताल पातो लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments