मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रतिबद्धता: मधेश सबल बनाएर सङ्घीयता जोगाउने
11 महीना पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २८ गते ।मधेश प्रदेशका नयाँ मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सङ्घीयताको उद्गमस्थल मधेशमा कांग्रेस नेतृत्वको सरकार सङ्घीयता संरक्षण, सुशासन र प्रदेशको समृद्धिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले संवैधानिक सङ्कट र सङ्घीयता कमजोर बनाउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै मधेशलाई सबल बनाएर मात्र सङ्घीय व्यवस्थालाई संस्थागत गर्न सकिने धारणा राख्नुभयो । विगतमा मधेश उपेक्षित रहँदै आएको उल्लेख गर्दै सङ्घीयता यहाँका जनताका लागि अपरिहार्य आवश्यकता भएको र अब भाषणभन्दा कामबाट परिणाम देखाउने समय आएको उहाँको भनाइ छ ।
सात दलीय गठबन्धनको समर्थनमा बनेको सरकार स्थिर रहने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री यादवले सुशासन, कृषि र शिक्षालाई सरकारका मुख्य प्राथमिकता बनाइएको जानकारी दिनुभयो । कृषिमा लगानी बढाएर आम्दानी वृद्धि गर्ने, ‘फिड द नेसन’ कार्यक्रमलाई निरन्तरता दिँदै देशलाई आत्मनिर्भर बनाउने तथा सामुदायिक विद्यालय सुदृढीकरण गर्दै मधेशलाई ‘एजुकेसन हब’का रूपमा विकास गर्ने योजना अघि सारिएको छ । साथै, प्रदेश सभाबाट विश्वासको मत र मन्त्रीमण्डल विस्तारबारे छलफल जारी रहेको र चाँडै सरकार पूर्णता पाउने उहाँले स्पष्ट पार्नुभयो ।
कमेन्ट गर्नुहोस्
view comments