लोसपा अध्यक्ष महन्थ ठाकुर समानुपातिक उम्मेदवारका लागि सिफारिस
3 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर २८ गते ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। शनिबार बसेको सर्लाही जिल्ला समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष ठाकुरको नाम केन्द्रमा सिफारिस गरेको जिल्ला सचिव मिथलेश यादवले जानकारी दिए। ठाकुर यसअघि सर्लाहीबाट दुई पटक निर्वाचनमा पराजित भए पनि २०७९ को निर्वाचनमा महोत्तरी–३ बाट विजयी भएका थिए।
त्यसैगरी सर्लाही–१ बाट उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही–४ बाट महासचिव मनिष मिश्र र सर्लाही–३ बाट सचिव रामेश्वर रायको एकल नाम सिफारिस गरिएको छ। सर्लाही–२ बाट भने भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ महन्थ ठाकुरसँगै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिता कुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि केन्द्रमा पठाइएको सचिव यादवले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments