चार नवनियुक्त मन्त्रीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, मंसिर २६ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमार्फत चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ लिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम तथा इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ। भण्डारी नेपाल प्रहरीका पूर्व एआईजी हुन्, इङ्नाम काठमाडौं स्कुल अफ लका प्रोफेसर, श्रेष्ठ पर्यटन बोर्डकी कर्मचारी तथा चौलागाईं पेशाले जनस्वास्थ्यविद् हुन्। नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?