चन्द्रपुरमा कार–ट्रक ठोक्किँदा वृद्धको मृत्यु, दुई घाइते

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २६ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान कार र ट्रक एक-अर्कामा ठोक्किँदा ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कारले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आएको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक दिनेश थपलिया र कारमा सवार डोरमणि सापकोटा घाइते भएका छन्। उनीहरूको उपचार चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न कार, ट्रक र ट्रक चालक श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?