मधेश प्रदेशमा बालबालिका र मानवअधिकारसम्बन्धी तीन हजारभन्दा बढी घटना सार्वजनिक
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर २५ गते । जनकपुरस्थित राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले राजविराजमा आयोजना गरेको अन्तर्क्रियामा प्रदेशभर एक वर्षमा बालबालिकासम्बन्धी तीन हजारभन्दा बढी घटना दर्ता भएको तथ्य सार्वजनिक गरेको छ। आयोगका प्रमुख बुद्धनारायण सहनीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार २०८१/८२ मा बालिका हराएको घटना सबैभन्दा धेरै दर्ता भएको छ, साथै लागुऔषध दुव्र्यसन, यौन दुव्र्यवहार, जवरजस्ती करणी, बालविवाह तथा अन्य १४ शीर्षकका मुद्दाहरू पनि समेटिएका छन्। आयोगले प्रदेशमा बालसुरक्षा, शिक्षा, महिला अधिकार, कैदीबन्दीको अवस्था लगायतका क्षेत्रका चुनौती अझै गम्भीर रहेको उल्लेख गरेको छ।
कार्यक्रममा प्रदेशमा पछिल्ला चार वर्षमा डुबान तथा दुर्घटनाबाट भएको मृत्यु, कर्तव्यसम्बन्धी घटना लगायतका मानवअधिकार चुनौतीबारे पनि चर्चा भयो। प्रमुख न्यायाधीश शुभाष पौडेलसहित विभिन्न सरोकारवालाले मानवअधिकार उल्लंघन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सबै निकाय र नागरिकले सचेत र जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रम इन्सेक, जिल्ला प्रशासन, महिला तथा बालअधिकार समूहलगायत संस्थाको सहभागितामा सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments