‘मिरमिरे’ टिजरले जगायो अपेक्षा, बुवा–छोरीको भावनात्मक कथाले दर्शक आकर्षित
2 दिन पहिले प्रकाशित
जनकपुरधाम,मंसिर २४ गते । फिल्म ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हालै सार्वजनिक भएको टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसमा आमाले घर छोडेपछि बुवा र सानी छोरीबीचको भावनात्मक सम्बन्ध र त्यसमा बुवाले सामना गर्ने जिम्मेवारी, संघर्ष र माया प्रस्तुत गरिएको देखिन्छ । दयाहाङ राईले एक जिम्मेवार तर चुनौतीपूर्ण भूमिकामा अभिनय गरेका छन्, जसले अहिलेको सामाजिक परिवेशमा धेरै अभिभावकको वास्तविकता झल्काउने अपेक्षा गरिएको छ ।
निर्माण पक्षले फिल्मलाई ‘हरेक घरको कथा’ भनेर व्याख्या गर्दै दर्शकले आफूलाई कथासँग जोड्ने विश्वास व्यक्त गरेको छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरूङसहित धेरै कलाकारको अभिनय रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताका रूपमा रहेका छन् भने रोहित कट्टेल कार्यकारी निर्माता हुन् ।
कमेन्ट गर्नुहोस्
view comments