जनकपुरधाममा नेपाल बारको प्रभातफेरी, मानव अधिकार दिवसमा राष्ट्रिय गोष्ठीसहित मनाइँदै

2 दिन पहिले प्रकाशित

जनकपुरधाम,मंसिर २४ गते । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशनले बुधवार बिहान जनकपुरधाममा भव्य प्रभातफेरी आयोजना गरेको छ । “मानव अधिकार : सुशासन र न्यायको आधार” भन्ने मूल नारासहित भएको प्रभातफेरीमा सहभागी कानूनकर्मीहरूले “सुशासन कायम गर”, “लोकतन्त्रको जग सबल बनाऊ”, “नागरिक अधिकारको संरक्षण गर” जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रभातफेरीपछि बारले मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी–२०८२ तथा ५१औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको समेत उद्घाटन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदार केदारप्रसाद कोईरालाले हरेक वर्ष मानव अधिकार दिवस मनाउँदै आएको र यस वर्ष भने मधेशको राजधानी जनकपुरधाममा विशेष रूपमा मनाउन लागिएको बताए । उनले वर्षभरिका मानव अधिकारका गतिविधिर्धि, चुनौती र समाधानका उपायबारे गोष्ठीमा गहन छलफल हुने र अन्त्यमा “जनकपुरधाम घोषणापत्र” जारी गरिने जानकारी दिए ।

दुई दिनसम्म चल्ने यो कार्यक्रममा देशभरका विभिन्न बार युनिटका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू र मानव अधिकारकर्मीहरूको सहभागिता रहेको छ । बारले सुशासन, न्यायिक स्वतन्त्रता र नागरिक अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?