रौतहट डिभिजन वन कार्यालयमा तोडफोड, उपभोक्ता समूह र कार्यालय प्रमुखबीच आरोप–प्रत्यारोप
2 दिन पहिले प्रकाशित
जनकपुरधाम,मंसिर २४ गते । रौतहटको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीले कार्यालय समयपछि आएर तोडफोड गरेको कार्यालय प्रमुख हेमन्तप्रसाद साहले बताएका छन्। तोडफोडका क्रममा केही फर्निचर, कम्प्युटर तथा झ्यालका सिसामा क्षति पुगेको उनले बताए। घटनापछि कार्यालयका कर्मचारीले सुरक्षा चुनौती बढेको बताएका छन्।
यता उपभोक्ता समूहका अध्यक्ष अशोकप्रसाद यादवले भने कार्यालय प्रमुख साहको व्यवहार, सःमिलसँगको साँठगाँठ, काठ टेन्डरसम्बन्धी प्रक्रिया तथा कार्ययोजना निर्माणमा आफूअनुकूल संस्था छनोट गर्ने जस्ता कार्यले उनीहरूलाई दबाब परेको दाबी गरे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने सरकारको उद्देश्य विपरीत प्रमुख साहले पुरानै शैलीमा काम गरेको आरोप लगाउँदै यही कारणले तनाव बढेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments