भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि नहट्ने : प्रधानमन्त्री कार्की

1 महीना पहिले प्रकाशित

काठमाडौं, मंसिर २३ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी छन् । भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा सम्बोधन गर्दै उनले यो सरकार चुनावी सरकार मात्र नभई जेनजी आन्दोलनको जगमा बनेको सुशासनप्रधान सरकार भएको उल्लेख गरिन् । "सरकारले नियमित कार्यसँगसँगै सुशासनका लागि तीव्र गतिमा काम गरिरहेको छ । जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन," प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले भ्रष्टाचारविरुद्ध चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि आफूहरू नडराउने बताइन् । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरूलाई कत्ति पनि विचलित नभई निर्धक्कसँग व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न प्रधानमन्त्री कार्कीले आग्रह गरिन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले निर्वाचन तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही निरन्तर अघि बढाइरहेको उनको भनाइ छ । यसले सरकारको सुशासनप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?