अखाद्य दूध, दही र पानी मिसावटको कारण जनकपुरधाममा बजार अनुगमन अभियान सक्रिय

1 महीना पहिले प्रकाशित

दिपक गुप्ता

जनकपुरधाम, मंसिर २३ गते ।  स्थानीय बजारमा बिक्री–वितरण भइरहेको दूध, दही तथा दुग्धजन्य पदार्थको शुद्धता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अनुगमन अभियानलाई आणखी सशक्त बनाएको छ। पछिल्ला दिनहरूमा दूधमा पानी मिसावट, अखाद्य दही, फ्याट स्तर घटबढ तथा कोब (COB) टेस्ट पोजिटिभजस्ता समस्या बढ्दै गएपछि अनुगमनलाई तीव्र गरिएको कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा विभिन्न डेरी तथा दूध संकलन केन्द्रहरूमा दूधको स्वच्छता, मिठाइपन, फ्याट स्तर, पानी मिसावट तथा गुणस्तर मापदण्ड अनुसारको परीक्षण गरिएको थियो। बजारमा भइरहेको अनियमितता नियन्त्रण गर्दै उपभोक्तालाई शुद्ध, सुरक्षित तथा मापदण्डअनुसारको दूध उपलब्ध गराउने उद्देश्यका साथ अनुगमन अघि बढाइएको अनुगमन टोलीले जनाएको छ।

अनुगमन टोलीद्वारा निरीक्षण गरिएका डेरी तथा सुझाव/निर्देशन
१. समृद्धि दूध डेरी, जनकपुरधाम–४
२. किसान दूध डेरी, जनकपुरधाम–४
३. गोपाल डेरी उद्योग, जनकपुरधाम–४ लाई
सुझाव: सरसफाइ तथा प्रशोधन केन्द्रभित्र अनावश्यक कपडा/लुगा नराख्न अनुरोध।
४. शशक कृषि तथा पशु फार्म, जनकपुरधाम–७लाई
सुझाव: SS को भाडा प्रयोगयोग्य बनाउन निर्देशन।
५. मनिष डेरी, जनकपुरधाम–४
६. नारायण डेरी, जनकपुरधाम–४ लाई निर्देशन: COB टेस्ट पोजिटिभ आएको हुँदा १५ लिटर दूधबाट उत्पादन हुने पनीर बिक्री नगर्न आदेश।
७. जय माता दुर्गा डेरी उद्योग, जनकपुरधाम–७

अनुगमनका क्रममा सफा–सफाइ, उत्पादन प्रक्रियामा प्रयोग गरिने उपकरणको अवस्था, प्रशोधन गुणस्तर, पानी मिसावट, तापक्रम व्यवस्थापन, दूध संकलन र भण्डारणको अवस्था मूल्यांकन गरिएको थियो।

अनुगमन टोली
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट :रमेश दाहाल,प्रमोद बुधाथोकी,प्रवीण कुमार तिवारी,प्रदीप सङ्गोला
साथै जनकपुरधाम उद्योग वाणिज्य संघबाट का परमेश्वर साह,जिल्ला प्रशासन कार्यालयबाट सुनिल झा,
र पशु सेवा विज्ञ केन्द्रबाट विनोद पाण्डेको सहभागिता थियो।

कार्यालयका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमन अभियानलाई निरन्तरता दिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?