बस–ट्रक ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा बिहीबार राति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम लोकमार्गको वडा नम्बर २ बरमझियास्थित स्थानमा जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको यात्रुबाहक बस (०२–००१ ख ०२८७) र विपरीत दिशाबाट आएको ट्रक (ना ३ ख ४४०२) एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार करिब ५५ यात्रुमध्ये ५० वर्षीय पुरुष यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। मृतकको नाम–ठेगाना खुल्न बाँकी छ।

घाइतेमध्ये भारतीय नागरिकसहित विभिन्न जिल्लाका ११ जना रहेका छन्। उनीहरू मध्ये भारत मधुवनी, सितामढी, रागोरपुर, सिरखण्डीका नागरिक तथा महोत्तरी, सुनसरी, धनुषा, झापा, सर्लाही र मोरङका नेपाली नागरिक रहेका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।

प्रहरीका अनुसार बसमा ५५ जना यात्रु सवार थिए र दुर्घटनाबारे थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?