कुलमान घिसिङको संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक घोषणा हुँदै
4 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर १७ गते । कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ आज प्रज्ञा भवन, कमलादीमा विशेष समारोहसहित औपचारिक रूपमा घोषणा हुँदैछ। दिउँसो १ बजेदेखि ४ बजेसम्म तय गरिएको घोषणा सभामा ऊर्जामन्त्री तथा पार्टी संरक्षक कुलमान घिसिङ स्वयं प्रमुख अतिथि रहनेछन्।
कार्यक्रममा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र ‘घोषणापत्र २०८२’ सार्वजनिक गरिने जनाएको छ। नयाँ राजनीतिक विकल्पको रूपमा उदाउँदै गरेको यस पार्टीले ऊर्जा, सुशासन र विकासलाई प्राथमिकतामा राखेर राष्ट्र निर्माणको मार्ग प्रस्तुत गर्ने तयारी गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments