सत्तापक्ष अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १७ गते । बिहान साढे ८ बजेका लागि बोलाइएको मधेस प्रदेशसभा बैठक सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ। बिहान १०ः३० बजेसम्म पनि सत्तापक्षका सांसदहरू सभाहलमा नआएपछि बैठकलाई दिउँसो २ बजेसम्मका लागि सारिएको हो। मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने तयारीसँगै आजको बैठक बोलाइएको थियो।
सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। आदेशअनुसार आज मत लिन तयारी भइरहेको बताउँदै आएका मुख्यमन्त्री यादवको योजना सत्तापक्षको अनुपस्थितिले प्रभावित भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।
कमेन्ट गर्नुहोस्
view comments