काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक, बुबा रामनारायण शाहको निधन
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, मंसिर १५ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीका अनुसार, आइतबार बिहान मुटुमा समस्या देखिएपछि रामनारायण बेहोस भएका थिए । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो, जहाँ शरीरमा रगत जाम भएको पाइएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
मेयर बालेनको सचिवालयका अनुसार, रामनारायणको स्वास्थ्यमा अचानक समस्या देखिएपछि परिवारजनले अस्पताल पुर्याएका थिए । घटनापछि मेयर बालेन र परिवारजन अस्पतालमै छन् । यो घटनाले मेयर बालेनको दैनिक कार्यमा असर पर्न सक्ने र शोकाकुल परिवारलाई सहानुभूति व्यक्त गर्नेहरूको भीड बढेको छ । शवको अन्तिम संस्कारको तयारी भइरहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments