दोहामा नेपाल एयरलाइन्सका चालक दल सदस्य सन्देश तिवारी सुनसहित पक्राउ, तीन महिनाका लागि निलम्बन

1 घन्टा पहिले प्रकाशित

काठमाडौं, मंसिर १५ गते । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहामा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। नोभेम्बर २९ मा दोहा विमानस्थलमा भन्सार जाँचका क्रममा तिवारीकहाँ आठ तोला सुन बरामद भएपछि स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनी कार्यरत उडान आरए–२४० दोहाबाट काठमाडौं आइपुग्ने तालिका थियो।

सुन बरामद भएपछि उडान करिब ३५ मिनेट रोकिएको नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले पुष्टि गरेका छन्। पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन गरिएको स्रोतले जनाएको छ। यसबारे नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले आफूलाई औपचारिक जानकारी नभएको बताउँदै आधिकारिक टिप्पणी दिन असमर्थता जनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?