रौतहटमा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

5 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १० गते । रौतहटको फतुवा विजयपुर नगरपालिका–६, रामदासी टोलका २२ वर्षीय गणेश महतोको करेन्ट लागेर मृत्यु भएको छ । रामबहादुर महतोका छोरा गणेशलाई मंगलबार राति करिब पौने १० बजे आफ्नै घरमा माइकको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई स्थानीय नेसनल हस्पिटल प्रा.लि. विजयपुरमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि बारा जिल्लाको कोल्बी लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रवक्ता बस्यालले मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक जाँचबुझ गरिरहेको छ । यो घटनाले स्थानीय क्षेत्रमा विद्युत् सुरक्षा सम्बन्धी चेतना बढाउने आवश्यकता औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?