महोत्तरीका दुई छुट्टाछुट्टै हत्या प्रकरणका फरार अभियुक्तहरू पक्राउ
6 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ९ गते । महोत्तरी जिल्लामा घटेका छुट्टाछुट्टै हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको छ।जिल्ला प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–३, मडैका २६ वर्षीय अजयकुमार ठाकुर आफ्नै बुवाको हत्या प्रकरणमा तीन महिनादेखि फरार थिए। उनी नेपाल–भारत सीमा नजिक जलेश्वर–१२, थरुवाहीबाट सोमबार राति पक्राउ परे। घरेलु विवादपछि भएको झगडामा वृद्ध बुवाको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, जलेश्वर नगरपालिका–९, आगेपुरका ६० वर्षीय बेचन राइनको हत्या प्रकरणमा संलग्न जनकपुरधाम उप–महानगरपालिका–१९ का ‘पप्पु’ भनेर चिनिने करिब २० वर्षीय अनिल कुमार मण्डल पनि घटनापछि फरार थिए। उनलाई प्रहरीले घटनास्थल नजिकै भुकलुथान सडकखण्डबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ। प्रहरीले दुवै पक्राउ परेकालाई कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments