मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ मतले पदमुक्त
1 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर ३ गते । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदीय आचरणविपरीत कार्य गरेको आरोपमा पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तुत पदमुक्त प्रस्ताव दुई–तिहाइ बहुमतले पारित भएको हो। प्रस्तावमा सात दलले समर्थन जनाएका थिए भने ७६ जना सांसद उपस्थित थिए।
मण्डलले केही दिनअघि पाँच सांसदलाई हटाउने निर्णय गरेका थिए, जसले दलहरूबीच असन्तोष र विरोध पैदा भएको थियो। दलहरूले मण्डलको कदमलाई एकपक्षीय र प्रक्रियाविपरीत भन्दै निरन्तर विरोध गरिरहेका थिए, जसको परिणामस्वरूप उनी पदमुक्त भएका हुन्।
कमेन्ट गर्नुहोस्
view comments