बारामा एमाले नेता महेश बस्नेतको आगमनविरुद्ध जेनजी युवाहरूको विरोध, सिमरा विमानस्थल घेराउ

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ३ गते । मधेस प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन नेकपा एमालेका नेता महेश बस्नेत बुधबार बारामा आउने कार्यक्रम तय भएपछि जेनजी समूहका युवाहरूले तीव्र विरोध जनाएका छन्। बस्नेत परवानीपुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आइपुग्ने अनुमान गरिएको भए पनि समाचार लेख्दासम्म उनी विमानस्थल नआइसकेका हुन्।

सिमरास्थित विमानस्थलमा जेनजी युवाहरूले घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। विमानस्थल सुरक्षाका लागि ठूलो सङ्ख्यामा जनपथ तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

नेता बस्नेतको स्वागतका लागि पूर्व मन्त्री किसान श्रेष्ठ, एमाले नेतृ ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेता विमानस्थलमै पुगेका छन्। बस्नेत बारा आउने सूचना सार्वजनिक भएलगत्तै जेनजी युवाहरूले मंगलबारदेखि नै सामाजिक सञ्जालमार्फत विरोध कार्यक्रम घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?