जेनजीका प्रतिनिधि सुदन गुरुङको चेतावनी — ‘माग पूरा नभइ चुनाव सम्भव छैन’
3 दिन पहिले प्रकाशित
काठमाडौं,कार्तिक २७ गते । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका माग पूरा नभएसम्म निर्वाचन सम्भव नहुने बताएका छन् ।बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आएको संरचना हटाउने क्रममा त्यहाँ पुगेका गुरुङले पत्रकारहरूसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन्।
गुरुङले केही बाहेकका सबै जेनजीहरू एकजुट रहेको दाबी गर्दै भने, ‘हामी सबै एउटै टिम हौँ, एक–दुई जना मात्रै फरक हुनुभयो, उहाँहरूलाई पनि बोलाउँछौँ। माग पूरा नभइकन कसरी चुनाव हुन्छ?’उनले गृहमन्त्री ओमप्रकाश अर्यालले हरेक वार्तामा सहभागी भएर माग पूरा गर्ने आश्वासन दिए पनि व्यवहारमा कुनै प्रगति नदेखिएको आरोप लगाए। ‘गृहमन्त्रीज्यू जंगीअड्डा र राष्ट्रपति कार्यालय दुवै ठाउँमा सँगै हुनुहुन्थ्यो, माग पूरा हुन्छ भन्ने उहाँलाई थाहा थिएन र?’ गुरुङले प्रश्न गरे।
उनका अनुसार गृहमन्त्रीले माग पूरा नगरी निर्वाचनको तयारीमा लाग्नु ‘विश्वासघात’ सरह हो। गुरुङले स्पष्ट पारे, ‘माग पूरा भएन भने हामी अर्को आन्दोलनमा जान बाध्य हुनेछौँ।’
कमेन्ट गर्नुहोस्
view comments